मंगलवार, कार्तिक ११ २०७७Oct 27 2020

Logo
images
images

दशैंको मुखमा मन्त्रि बन्नेहरुको नामावली सार्बजनिक, बिष्णु पौडेल र जनार्दन शर्मालाई यो मन्त्रालय जिम्मा दिईदै !

दशैंको मुखमा मन्त्रि बन्नेहरुको नामावली सार्बजनिक, बिष्णु पौडेल र जनार्दन शर्मालाई यो मन्त्रालय जिम्मा दिईदै !

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 17.1K
    SHARES

  • दशैंको मुखमा मन्त्रि बन्नेहरुको नामावली सार्बजनिक, बिष्णु पौडेल र जनार्दन शर्मालाई यो मन्त्रालय जिम्मा दिईदै !

    काठमाडौँ- आज दिउँसो ४ बजे नेकपा सचिवालयको बैठक बोलाइएको छ । आज नै क्याबिनेट हेरफेर भन्दा पनि रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ ।

    सचिवालयमा प्रस्ताव नै नल्याई दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना बढेको हो । उच्च स्रोतका अनुसार भोलि साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल,र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ ।

    images
    images

    सम्भवतः अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । सञ्चारप्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको बताइन्छ ।

    शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुचिबेगरको मन्त्रालय नस्वीकार्ने जानकारी अध्यक्षद्वयलाई दिनुभएको छ । यसले गर्दा अर्थमा बिष्णु र अर्को कुनै मन्त्रालयमा जनार्दनको नियुक्ति हुने सम्भावना प्रवल छ ।

    पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु (रुपन्देही र रुकुमे) बिष्णु र जनार्दनले भोलि थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् ।

    बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको श्रोत बताउँछ । पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।

    यसबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका श्रृंखलाबद्ध भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गर्नुभएको बताइन्छ ।

    वहाँले पटकपटक प्रचण्डसँग ‘टोपबहादुर रायमाझीलाई बनाउनुपर्यो । लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्यो । अनि प्रभु साहलाई पनि बनाउनु पर्यो । बरु, अरु नभए हरिबोल गजुरेललाई भएनि बनाम्’ भनेर धेरैपटक प्रस्ताव गरे पनि दाहालले कुनै प्रतिक्रिया नजनाउनु भएको स्रोतले दाबी गरेको छ ।

    प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नाम समेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा देखिनु भएको बताइन्छ । पाठ्यक्रम र उपकुलपति नियुक्तिको विषयमा पोखरेल विवादमा तानिएका थिए । जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।

    तर, उपकुलपति नियुक्तिमा सबै प्रधानमन्त्रीले चाहेबमोजिम गरिएको बताइन्छ । उपकुलपति नियुक्तिमा पोखरेलले गरेको सिफारिशलाई बालुवाटारले कुनै भाउ नदिएको स्रोतको दाबी छ ।

    त्यसैगरी वनमन्त्री शक्ति बस्नेत पनि फालिने सूचीमा परेका छन् । यहि क्रममा वर्षमानलाई कुलमानको विषयमा डाम्ने र फाल्ने शंका गरिए पनि उनलाई कायम राख्नेमा प्रधानमन्त्री फेरि सकारात्मक हुनुभएको स्रोत बताउँछ ।

    यसबीच पुनले प्रधानमन्त्रीसँग कम्तिमा पनि चार पटक भेट गरेर बिग्रेको कुरो मिलाइसकेको स्रोतको दाबी छ । तर, पूर्व एमालेतर्फबाट नियुक्त कृषि मन्त्री घनश्याम भुसालको बारेमा भने प्रधानमन्त्री कहिल्यै सकारात्मक देखिनुभएको छैन ।

    आफू निकट भएपनि सहकारी मन्त्री पद्यमा अर्याललाई बिदा गर्ने मुडमा प्रधानमन्त्री देखिनुभएको छ । त्यसैगरी खेलकुद मन्त्री जगत विश्वकर्माले पनि बिदा पाउने निश्चित झैँ देखिन्छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७०९:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology