आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले चीनलाई भन्यो : हाम्रा सेना गोली चलाउन तयार छन्

भारतले चीनलाई भन्यो : हाम्रा सेना गोली चलाउन तयार छन्

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 6.0K
    SHARES

  • भारतले चीनलाई भन्यो : हाम्रा सेना गोली चलाउन तयार छन्

    काठमाडौं - भारतले चीनलाई चिनियाँ सैनिक अगाडि बढे भारतीय सैनिकले त्यसै नछोड्ने चेतावनी दिएको छ। भारतको द हिन्दुको रिपोर्ट अनुसार भारतले चीनलाई कडा रुपमा चेतावनी दिएको हो।

    भारतीय सैनिक अधिकारले भनेका छन्, ‘हामीलाई चीनलाई यदि चिनियाँ सैनिक हाम्रो नजिक आए हामी गोली चलाउनेछौँ। हाम्रा सैनिकलाई आत्मारक्षाका लागि गोली चलाउने अधिकार दिएका छौँ।’ भारत र चीनको सीमाना लद्दाखको पेङग्वाङको त्सो ताल नजिक भारत र चीनका सेनाबीच पटक पटक झडप भइसकेको छ भने दिनहुँजसो हवाई फाइरिङ भइरहेको छ।

    भारत र चीनबीचको छैटौँ चरणको वार्तामा दुई देशको सीमानामा सेना नखटाउने सहमति भएपनि दुबै देशले उक्त सहमति कार्यान्व्यन गरेका छैनन। भारतले आफ्नो सीमामा आफ्नो सेना खटाइरहेको छ। भारत र चीनका सेनाबीच जुन १५ मा लद्दाखको गलवान उपत्यकामा झडप हुँदा २० जना भारतीय सेना मारिएका थिए। चीनतर्फ कति क्षति भयो भन्ने विवरण चीनले अहिलेसम्म सार्वजनिक गरेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०८:५६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend