आइतवार, कार्तिक ९ २०७७Oct 25 2020

Logo
images
images
राजनीतिक बिशेष

ऊर्जामन्त्री पुन र शिक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीविरुद्ध एकाएक खनिएपछि...

ऊर्जामन्त्री पुन र शिक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीविरुद्ध एकाएक खनिएपछि...

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 34.6K
    SHARES

  • ऊर्जामन्त्री पुन र शिक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीविरुद्ध एकाएक खनिएपछि...

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी बर्को विस्तारै उत्रिँदै छ । लोकप्रियता र राष्ट्रवादी देखिन जे पनि भन्ने र जे पनि गर्ने ओली पछिल्लो समय जनताको नजरबाट तल झर्दै गएका छन् । सरकारमै बसेर ओलीको राष्ट्रवादी बर्को उघारिदिने काम भने उनकै दुई मन्त्रीले गरेका छन् ।

    नेपालमा कुनै पनि नेताभन्दा डा.गोविन्द केसी र कुलमान घिसिङको लोकप्रियता धेरै छ । तिनै कुलमानलाई प्रधानमन्त्री ओलीले नै कार्यकारी निर्देशक बनाउन नचाहेको सूचना दिएर ऊर्जामन्त्री वर्षमान पुनले गम्भीर धक्का दिएका छन् ।

    images
    images

    जबकि सरकार सञ्चालन गर्न सरकारलाई जस्तो पनि कानुन बनाउन अधिकार छ । तर, प्रधानमन्त्री ओलीले नचाहेकैले घिसिङलाई कार्यकारी निर्देशक बनाउन नचाहेको भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रस्टीकरण नै दिनुपरेको छ ।

    यसअघि ऊर्जामन्त्री पुनले घिसिङलाई नियुक्ति गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भनेर जानकारी गराएका थिए । मन्त्रिपरिषद् बैठकमा लगेको प्रस्तावलाई ओलीले बेवास्ता गरेपछि उनी आलोचित भएका छन् ।

    यस्तै, मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीले विद्यालयको पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा नछाप्न निर्देशन दिएको भनेर पत्रकार सम्मेलनमार्फत नै बाहिर धारणा ल्याइदिएका छन् ।

    जसले पनि ओलीको आलोचना सुरु हुन थालिसकेको छ । लोकप्रियताका लागि मात्रै ओलीले नयाँ नक्सा जारी गरेको र पाठ्यपुस्तकमा राख्न निर्देशन दिएको पुष्टि हुँदैछ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology