बिहिवार, आश्विन ८ २०७७Sep 24 2020

Logo
images
images
राजनीतिक बिशेष

बदनाम हुँदै बाहिरिएकालाई धमाधम नियुक्ति दिँदै ओली, अब गोकुल बास्कोटा ल्याउने !

बदनाम हुँदै बाहिरिएकालाई धमाधम नियुक्ति दिँदै ओली, अब गोकुल बास्कोटा ल्याउने !

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 3.1K
    SHARES

  • बदनाम हुँदै बाहिरिएकालाई धमाधम नियुक्ति दिँदै ओली, अब गोकुल बास्कोटा ल्याउने !

    काठमाडौं -  प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न बाधक बनेपछि उनको आलोचना सुरु भएको छ ।

    बुधबार बिहान चाबहिलमा ओलीविरुद्ध विरोध प्रदर्शन नै भयो । कुलमानलाई नियुक्ति गर्नुपर्ने भन्दै दबाब दिन प्रदर्शन भएको हो । ओली सरकारले जनताको काम गर्नेलाई नियुक्ति नदिने तर बदनाम हुँदै बाहिरिएकालाई धमाधम नियुक्ति दिन थालेको छ ।

    अर्थमन्त्रीमा साढे दुई वर्ष बसेर बदनामी कमाएका डा.युवराज खतिवडालाई मन्त्रीसरह सेवासुविधा उपलब्ध गराएर विशेष आर्थिक सल्लाहकार नियुक्ति गर्ने ओलीले मुलुकमा लोडसेडिङ हटाउने कुलमानलाई कानुनी अड्चन देखाउँदै नियुक्ति गरेननन् ।

    जबकि खतिवडा कर्मचारी हुँदै राजनीतिमा प्रवेश गरेर सधैं अवसर पाउने व्यक्ति हुन् । यस्तै, उनले प्रतिनिधिसभामा पराजित भएका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका छन् ।

    हारेका व्यक्तिलाई पुनः सांसद बनाएर मन्त्री बनाउन खोजिएको भन्दै जनताले आलोचना गरिरहेका छन् । सरकारमा रहँदा गौतमले निकै विवादित छवि बनाएका थिए ।

    सधैं राजनीतिक नियुक्ति खान सफल उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई ओली सरकारले झन्डै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाइसकेको थियो ।

    यदि समयमै मिडियाले समाचार बाहिर नल्याएको भए उनी अहिले सरकारी बैंकको अध्यक्ष भइसक्ने थिए । तर, मिडिया र सामाजिक सञ्जालमा धेरै टीकाटिप्पणी र आलोचना भएपछि उनी पछि हटेका छन् ।

    प्रधानमन्त्री ओलीले ७० करोड घुसकाण्डमा मुछिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालाई पुनः मन्त्री बनाउने तयारी गरेका छन् ।

    त्यसका लागि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट क्लिन चिट दिलाउने भरमग्दुर प्रयास गरिरहेका छन् । खतिवडा अर्थमन्त्रीबाट हटे पनि पुनः बालुवाटारमा हालीमुहाली गर्न भित्रेपछि बास्कोटालाई पनि भित्र्याउन लागिएको स्रोतले बताएको छ ।

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology