आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बाढी पीडितलाई भारतीय दूतावासले वितरण गर्याे राहत

बाढी पीडितलाई भारतीय दूतावासले वितरण गर्याे राहत

  • मिडिया डबली
  • आइतवार, भाद्र २८ २०७७

  • 4.4K
    SHARES

  • बाढी पीडितलाई भारतीय दूतावासले वितरण गर्याे राहत

    काठमाडौं- काठमाडौं स्थित भारतीय राजदुतावासले पहिरो पीडित विभिन्न जिल्लाका नागरिकहरुका लागि राहत वितरण गरेको छ ।

    भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।

    बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै  टेन्ट तथा त्रिपाल लगायतका राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोपीडितलाई वितरण गरिने भएको छ ।

    नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरेर वितरण गर्ने छ ।

    भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामाग्री नेपाललाई वितरण गरिएको हो । यसअघि पनि भारत सरकारले नेपालका लागि थुप्रै सहयोग वितरण गर्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend