बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पूर्वमाओवादीहरूको गोप्य वार्ता, २ चिरा हुने अबस्थामा नेकपा !

पूर्वमाओवादीहरूको गोप्य वार्ता, २ चिरा हुने अबस्थामा नेकपा !

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 19.3K
    SHARES

  • पूर्वमाओवादीहरूको गोप्य वार्ता, २ चिरा हुने अबस्थामा नेकपा !

    काठमाडौं - प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीको विरोधमा नेकपाभित्र लामो समयदेखि विवाद छ । विवादहरू मिलाउने प्रयासहरू पनि भइरहेका छन् ।

    तर, असन्तुष्ट समूहले चाहे जसरी कुरा मिल्न सकेको छैन । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको कार्यशैली ठीक नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीसँग सन्तुष्ट छैनन् ।

    दोस्रो तहका नेताहरू राखेर कार्यदल बनाइयो । कार्यदलको सुझावको बहानामा दाहाल–नेपाल समूहले सेफल्याण्डिङको प्रयास गर्यो । केही हदसम्म नेकपाको विवाद मिलेको जस्तो देखिएको छ । ओलीले दाहाल–नेपाल समूहको मागअनुसार काम गर्ने कुनै छाँटकाँट देखाएका छैनन् ।

    विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदमा मनोनीत गर्ने सहमति भएको थियो । गौतमलाई सांसद बनाउन विभिन्न अड्चनहरू शुरु भएका छन् । सांसद बन्छु भनेर खुसी भएका गौतमको खुसी धेरै दिन रहने अवस्था छैन ।

    नेकपाभित्रको विवाद भइरहेका बेला पूर्वमाओवादी नेताहरूको बाक्लै सम्वाद र छलफलहरू भइरहेका छन् । दाहालले पूर्वमाओवादीका नेताहरूलाई खुमलटारमा बोलाएर कुराकानी गर्ने गरेको स्रोतको भनाइ छ । ती वार्ता र बैठकहरूमा ओली र पूर्वएमालेबाट धोका भएको चर्चा हुने गरेको छ । ओलीको कार्यशैलीले पूर्वमाओवादीको पतन भएको दाहालको गुनासाहरू हुने गरेका छन् ।

    वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूसँग निषेधाज्ञाका बेला दाहालले खुमलटारमा बोलाएर परामर्शहरू गरिसकेका छन् । ती बैठकहरूका विषयमा बाहिर केही भनिएको छैन । तर, पूर्वएमालेसँग दाहाल खुसी छैनन् ।

    यसैबीच, दाहालले पूर्वमाओवादी नेता कृष्णबहादुर महरासँग कुरा गर्न उर्जामन्त्री वर्षमान पुनलाई रोल्पा पठाएका छन् । रोशनी शाही काण्डपछि साइलेन्ट बस्दै आएका महरा पछिल्लो समय रोल्पामा बस्दै आएका छन् । महरा नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालसँग सन्तुष्ट छैनन् ।

    दाहालले रोशनी काण्डमा असहयोग गरेको भन्दै महरा रिसाएका हुन् । महरालाई फकाउन र पहिलाकै अवस्थामा सम्बन्ध बनाउनका लागि दाहालले मन्त्री पुनलाई रोल्पा पठाएर महरालाई फकाउने प्रयास गरेका हुन् ।

    महराले पछिल्लो समय ओलीलाई साथ दिएको पूर्वमाओवादीभित्र चर्चा छ । यदि महराले दाहाललाई साथ दिए भने पूर्वमाओवादीहरूमा जीवन आउनेछ । दाहालले महरालाई केन्द्रीय सचिवालयमा ल्याउन पहल गरेको स्रोतको भनाइ छ ।

    महरा सचिवालय प्रवेश गर्नेवित्तिकै ओलीलाई झन् तनाब हुनेछ । पूर्वमाओवादी नेताहरू एकठाउँमा आउन विभिन्न प्रयासहरू भइरहेका छन् । महराको असहयोगका कारण दाहाल समस्यामा परेको चर्चा पूर्वमाओवादीभित्र रहने गरेको छ । युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ ।

    महरा पावरमा रहँदासम्म दाहाललाई ठूलो सहयोग रहँदै आएको थियो । पूर्वमाओवादी र पूर्वएमाले नेताहरूका कारण नेकपाभित्र कुनै पनि बेला २ चिराको अवस्था आउन सक्ने चर्चा पुनः हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend