काठमाडौँ- नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा पाटन र बीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
पाटन अस्पतालको हाडजोर्नी विभागमा गएर १००० थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिएका छन् ।
बीर अस्पतालको नाक, कान, घाटी विभागमा पनि एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड दिएको जानकारी दिए ।
तरुण दल अध्यक्ष बस्नेतले भने, ‘अहिले कोभिड–१९ को जोखिम दिन प्रतिदिन बढिरहँदा पनि अग्रपंक्तिमा रहेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले काम गरिरहनु भएको छ । उहाँहरुको सुरक्षालाई मध्यनजर गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं,’ ।
ती स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर सहयोग गरेको भन्दै तरुण दलले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानप्रति धन्यवाद ज्ञापन गरेको छ ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।