काठमाडौं- (आज) बुधबार साउन २८ गते नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्ती मनाइएको छ ।
नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरेर जन्मजयन्ती मनाएको हो । स्वर्गीय कोइरालाको ८१ औं जन्म जयन्तीका अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा (फलफुल, स्वास्थ्य सामाग्री) वितरण गरेको छ ।
अन्तरराष्ट्रिय युवा दिवसको अवसरलाई समेत ध्यानमा राख्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आजिवन सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालगायतले सहयोग गरेका थिए ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।