काठमाडौं- काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञाको विकल्पबारे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन्।
भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको अवस्थामा पनि कोरोना भाइरसको संक्रमण घट्नुको सट्टा बढी रहेको छ । तर, लगातारको निषेधाज्ञाले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रमुख जिल्ला अधिकारीहरु अहिले चौथौ चरणको निषेधाज्ञाको विषयमा छलफलमा जुटेका छन् । स्रोतका अनुसार अबको निषेधाज्ञा खुकुलो गर्ने र केही व्यवसाय खुलाइने किसिमले गर्ने तयारी भएकाे छ । यद्यपी सबै क्षेत्र भने खुला हुने छैनन् ।
तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ। सबैलाई सहज हुने किसिमले निषेधाज्ञा गर्न चौतर्फी दबाबमा सरकार रहेका बेला निषेधाज्ञा खुकुलो गर्ने तयारी रहेको जनाइएको छ ।
निजी क्षेत्रका केही व्यवसायीले अब थेग्न नसकिने भन्दै यहीँ भदौ २५ गतेबाट व्यवसाय खोल्ने घोषणा नै गरिसकेका छन्। त्यसकारण पनि अबको निषेधाज्ञा खुकुलो हुने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।