आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नायिका गौरी मल्लले प्रधानमन्त्री ओलीलाई भनिन्– तपाईका अभिव्यक्तिले लज्जाबोध हुन्छ

नायिका गौरी मल्लले प्रधानमन्त्री ओलीलाई भनिन्– तपाईका अभिव्यक्तिले लज्जाबोध हुन्छ

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 11.0K
    SHARES

  • नायिका गौरी मल्लले प्रधानमन्त्री ओलीलाई भनिन्– तपाईका अभिव्यक्तिले लज्जाबोध हुन्छ

    काठमाडौं– नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ओलीलाई खुला पत्र लेखेकी हुन्। जहाँ उनले ओलीका अभिव्यक्तिले साह्रै लज्जाबोध हुने बताएकी छन्।

    के लेखेकी छन् उनले ?

    सम्माननीय प्रधानमन्त्रीज्यू यो मेरो प्रश्न यहाँलाई नै हो। तपाईंको नागरिकको हसियतले येत्ति प्रश्न गर्ने अधिकार हुन पर्छ मलाई। कोरोनाको प्रकोपसंगै नेपालले कमसे कम आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो।

    नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो, तर यी सब कुराहरुसंग सरकारलाई कुनै सरोकार नै रहेन छ भन्ने कुरा स्पष्ट देखियो।

    सम्माननीय प्रधानमन्त्रीज्यू, यहालाई आफुले बेला कुबेला बोल्नुभएका वक्तब्य ट्रोल भइराख्दा रमाइलो गर्ने माध्यम भइरहेको होला अथवा बानी पनि परिसकेको होला, तर हामी सर्वसाधारणलाइ साह्रै लज्जाबोध हुन्छ किनकि हाम्रो मान्यता जसलाई हामीले अत्यन्त विस्वास गरि देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्तित्व हाँसोको हैन गर्वको पत्र बनोस्।

    बिडम्बना, त्येस्तो दिन कमसे कम हाम्रो जीवनमा आउन सकेको छैन। सम्माननीय प्रधानमन्त्रीज्यू, पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नुपर्यो। सानातिना जस्तो हुन्छ रोजगार दिनतर्फ़ लाग्नुपर्यो।

    आफ्ना नागरिकको दुःख, समस्या, विपद बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासंग भिज्नुपर्यो किनकि समस्या जबसम्म आफ्नो बन्दैन, त्यो कहिले समाधानतर्फ़ बढ्दैन।

    यो देश नै तपाईंको घर हो। हामी जनता नै तपाईंका परिवार हौँ। यो कुरालाई आत्मसात गर्नुहोस। आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन, तर आज तपाईंका जनता जानीजानी आगोमा होम्मिन जाँदैछन्, उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो। सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सी कार्य गर्नुहोला। सम्माननीय प्रधानमन्त्रीज्यूमा मेरो अति विनम्र याचना छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend