मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले थप एक हप्ताका लागि निषेधाज्ञा बढाएको छ । आज (भदौ २२ गते) राति १२ बजेदेखि भदौ २८ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताएका छन् ।
निषेधाज्ञा अवधिमा साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ। त्यस्त अत्यावश्यकबाहेक सार्वजनिक सवारी साधन सञ्चालन लगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाइएको छ।
यद्यपी सिटी रिक्साहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी सञ्चालन अनुमति दिइएको छ भने सरकारले मापदण्ड तोकेअनुसार पसलहरु साँझ ७ बजेसम्म खुल्ने भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।