बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

साक्षी राखेर ओली र प्रचण्डको भेटबार्ता, को को भए सहभागी ?

साक्षी राखेर ओली र प्रचण्डको भेटबार्ता, को को भए सहभागी ?

  • मिडिया डबली डेक्स
  • शुक्रवार, श्रावण ३० २०७७

  • 6.3K
    SHARES

  • साक्षी राखेर ओली र प्रचण्डको भेटबार्ता, को को भए  सहभागी ?

    काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी  नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    पार्टीको आन्तरिक विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच पटक पटक छलफल भए पनि निकास निस्कन सकेको छैन । तर, पछिल्ला वार्तामा ओली र प्रचण्डले आ–आफ्ना निकट नेताहरुलाई पनि साक्षीका रुपमा राखेका छन् । 

    बिहीबार वार्ता सकारात्मक भएको बताइएका बेला शुक्रबार बालुवाटारमा जारी ओली र प्रचण्डबीचको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी रहेका छन् । 

    सरकार र पार्टीको कार्यशैली राम्रो नभएको भन्दै प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल समूहले माग गरेपछि नेकपको विवाद चरम उत्कर्षमा पुगेको छ । ओलीले राजीनामा नदिने अडान राख्दै आएका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend