बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भदौ १ देखि भनिएका सेवा बारे सरकारले गर्यो यस्तो निर्यण

भदौ १ देखि भनिएका सेवा बारे सरकारले गर्यो यस्तो निर्यण

  • मिडिया डबली डेक्स
  • सोमवार, श्रावण २६ २०७७

  • 24.7K
    SHARES

  • भदौ १ देखि भनिएका सेवा बारे सरकारले गर्यो यस्तो निर्यण

    काठमाडौँ- कोरोनाको संक्रमण र मृतकको संख्या बढ्न थालेकाले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका सेवा सरकारले तत्काल नखोल्ने भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

    भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्ने लगायतका निर्णय सरकारले गरेको थियो तर संक्रमणका कारण जोखिम झन् बढेकाले आइतबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा मन्त्रीहरूबीच सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका सेवा नखोल्ने निष्कर्ष निस्किएको एक मन्त्रीले बताए । यसबारे निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्छ । ‘सीसीएमसीमा मन्त्रीहरू सदस्य भएका कारण उनीहरूले मन्त्रिपरिषद्मा कुरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्ले नै निर्णय परिमार्जन वा संशोधन गर्न सक्नेछ,’ सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले भने ।

    साउन ६ गतेबाट लकडाउन पूर्ण रूपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    तर लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले सुचारु गर्ने भनेर निर्णय गरेका सेवा तत्कालका लागि नखोल्ने निष्कर्षमा सीसीएमसी पुगेको हो ।

    भदौ १ बाट खोल्ने भनिएका सेवाहरू कति दिन पछि खोल्ने भन्ने सम्बन्धमा भने सीसीएमसीमा सहमति भएको छैन ।

    ‘कसैले १५ दिनपछि सारौं भन्नुभएको छ, कोही एक महिना सार्नुपर्छ भनिराख्नुभएको छ, कसैले यो संक्रमण नसकिँदासम्म सेवा सञ्चालन नगर्ने कुरा गर्नुभएको छ,’ ती मन्त्रीले भने, ‘यसको अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’ 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend