बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली र प्रचण्डबीच थपियो नयाँ विवाद, भाँडभैलो शान्त नहुने संकेत 

ओली र प्रचण्डबीच थपियो नयाँ विवाद, भाँडभैलो शान्त नहुने संकेत 

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 7.0K
    SHARES

  • ओली र प्रचण्डबीच थपियो नयाँ विवाद, भाँडभैलो शान्त नहुने संकेत 

    काठमाडौं–प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिनदेखि जारी संवादहीनता टुटे पनि उत्कर्षमा पुगेको पार्टी विवाद समाधानको विधि र प्रक्रियामा नयाँ असमझदारी थपिएको छ।

    ओली र प्रचण्डबीच आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब तीन घन्टा छलफल भए पनि विवाद समाधानका लागि सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट सहमति खोज्ने भन्नेमा नयाँ विवाद थपिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

    १० असारदेखि सुरु स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ। १३ साउनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले २८ जना सदस्यसहित बैठक राखेका थिए। यहीँबाट सुरु भएको दुई अध्यक्षको संवादहीनता आइतबार साक्षीसहित तोडिएको छ । तर, सोमबार पुनः बसेर छलफल गर्नेबाहेक छलफलमा कुनै प्रगति भएको छैन्।

    बरु, दुवै पक्ष आ–आफ्ना अडानमा कायमै छन् । र, विवाद समाधान सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट गर्ने भन्नेमा नयाँ विवाद थपिएको छ । छलफलमा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई पनि छलफलमा सहजीकरणका लागि साक्षी राखेका थिए।

    प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने प्रचण्ड–वरिष्ठ नेता नेपाल समूहको माग यथावत् छ । तर, ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । आइतबार पनि दुवै पक्षले आ–आफ्ना अडान दोहो¥याएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend