नयाँ दिल्ली - एक महिनाअघि अपहरणमा परेका अफगानी शिख निदान सिंह सचदेवाले भारत सरकारलाई धन्यवाद दिएका छन् ।
भारत सरकारले आफ्नो रिहाइको लागि गरेको पहल गरेकोमा धन्यवाद दिँदै निदान सिंहले भने, " हिन्दुस्तान भनेको हिन्दुस्तान नै हो ।" पाकिस्तानी समर्थन रहेको तालिबानी समूहको त्रासबाट ११ शिख समुदायलाई अफगानिस्तानमा रहेको भारतीय दूतावासले छोटो अवधिका लागि भारतको भिसा उपलब्ध गराएको छ ।
गत महिना पक्तिया प्रान्तको गुरुद्वाराबाट निदानसिहं सहितका शिखहरु अपहरणमा परेका थिए । उनीहरु अहिले नयाँ दिल्लीमा छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भावुक बनेका निदान सिहंले भने, "मलाई थाहा छैन हिन्दुस्तानलाई के भन्छन् । यो मेरो माता अथवा पिता जे भने पनि हिन्दुस्तान भनेको हिन्दुस्तान नै हो ।"
"म गुरुद्वाराबाट अपहरण गरिएको थिए र २० घण्टामा मेरो शरीर रगतले लतपतिएको थियो । मलाई रुखमा बाँधियो । उनीहरुले मलाई निकै कुटपिट भयो । मलाई मुस्लिम हुन भनियो । मैले उनीहरुलाई बारम्बार भने कि म किन धर्म परिवर्तन गर्ने ? मेरो आफ्नो धर्म छ ।"
"म भारतसँग निकै कृतज्ञ छु । जसले हामीलाई हाम्रो मातृभूमिमा फिर्ता गरिदियो । मलाई मेरो भावनालाई ब्याख्या गर्ने कुनै शब्द नै छैन्," उनले थपे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।