काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अहिले चौतर्फी संकटमा परेका छन् । एकातर्फ कोरोना भाइरसको नियन्त्रणका लागि उल्लेख्य कदम चाल्न नसकेको भन्दै देशव्यापी रुपमा जनताहरुले असन्तुष्टि पोखेका छन् ।
एमसीसी पास गर्ने दाउमा पनि प्रधानमन्त्री ओली विवादित नै छन् । संसोधन भएर नै एमसीसी पास हुनुपर्छ भन्ने नेकपाकै अर्काे ठूलो पक्ष रहेको छ । यस विषयमा पनि प्रधानमन्त्री ओली र नेकपाकै वरिष्ठ नेताहरुबीच सहमति बनेको छैन् ।
मंगलबार बसेको नेकपा सचिवालय बैठकमा भने नेकपाका नेताहरुबीच चर्काचर्की भएको छ । आजको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पदबाट राजनीमा माग्न माग गरेका छन् ।
बैठकमा प्रचण्डले ‘१७ वैशाखमै मैले तपाईंको राजीनामा मागेको हो, अहिले पनि मागेँ, पहिला पनि तपाईंलाई दिल्लीले होइन, मैले हटाएको हो, अब पनि मैले नै हटाउँछु,’ भन्दै असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।
यसै क्रममा दुईदिन अघि मात्र निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ । यस विषयमा पनि नेकपाका अन्य नेताहरुले प्रधानमन्त्री ओलीसँग जवाफ मागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।