भारत-चीनबीच पछिल्लो समय सम्बन्ध बिग्रिएसँगै हिंसात्मक झडप भएपछि जापानले चीन सीमामा ब्यालेस्टिक मिसाइल तैनाथ गरेको छ ।
चीनले भारतसँग मात्र नभएर उसका अन्य छिमेकीसँग पनि युद्धको जस्तो अवस्था सिर्जना गरेको छ । यससँगै साउथ चाइना सीमा चीनले जापान र ताइवानसँग पनि समस्या उत्पन्न गराएको छ ।
यद्पि भारत र जापान दुबैले चीनको कुनै पनि अवैध गतिविधिको जवाफ फर्काउने पूर्ण तयारी गरेका छन् । जापानले चीन सीमामा आफ्नै सैनिकको संखया बढाएको छ भने ब्यालेस्टिक मिसाइलसमेत तयारी अवस्थामा राखेको छ ।
चीनको युद्धको मनसायलाई ध्यानमा राख्दै जापानले आफ्नो हवाई सैन्य दस्तामा पनि वृद्धि गरेको छ । जापानले जुन सुरुआतदेखि पाक-३ एमएसई डिफेन्स मिसाइल सिस्टम तैनाथ गरेको जनाइएको छ ।
अमेरिका र जापानी सञ्चारमाध्यमका अनुसार यस मिसाइलले कुनै पनि किसिमको अस्त्रलाई ध्वस्त बनाउनसक्ने क्षमता राख्ने बताइएको छ । यसको अधिक दूरी ७० किलोमिटर रहेक र नयाँ भर्सनका मिसाइलमा बढाएर १०० किमी बनाइएको बताइएको छ । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।