आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपालमा बढ्दैछन् चिनियाँ शंकास्पद गतिविधि

नेपालमा बढ्दैछन् चिनियाँ शंकास्पद गतिविधि

  • मिडिया डबली
  • मंगलवार, आषाढ ९ २०७७

  • 12.9K
    SHARES

  • नेपालमा बढ्दैछन् चिनियाँ शंकास्पद गतिविधि
    काठमाडौँ- पछिल्लो समय स्वतन्त्र नेपालमा चिनियाँ गतिविधिहरु बढिरहेका छन् । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि सतहमा देखिने गरी चिनियाँ गतिविधि बढेको पाइन्छ । 
     
    अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन मञ्‍च नेपालका प्रमुख गौरव शमशेर थापाले चाइना पावरसँगको कुराकानीका क्रममा नेपाल-चीन सम्बन्ध पछिल्लो समय राजनीतिक, आर्थिक र सुरक्षाका दृष्टिकोणले हेर्न सकिने बताएका छन् । 
     
    सन् १९५५ पछि नेपाल-चीन मैत्री सम्बन्ध कायम भएको र त्यससमय देखि आर्थिक गतिविधिमा जोड दिइएको भए पनि पछिल्लो समय रणनीतिक र सुरक्षाका दृष्टिकोणलाई बढी केन्द्रमा राखेको पाइएको उनले बताएका छन् । 
     
    नेपालमा रहेका तिब्बतियन शरणार्थीहरुले चीन विरोधी गतिविधि गर्नसक्ने भएकोले त्यसलाई दबाउनका लागि चीनको मुख्य ध्यान त्यसतर्फ रहेको बताइएको छ । 
     
    उनले भने, "नेपालले एक चीन नीतिलाई समर्थन गर्छ । चीन-नेपाल सम्बन्धलाई व्याख्या गर्ने यो एक मुख्य आधार हो । अर्को कुरा नेपाल भारत-चीनजस्ता दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकोले भू-राजनीतिक कारण पछिल्लो समय चीनले नेपालको आन्तरिक राजनीतिमा पनि चासो देखाएको पाइन्छ ।" 
     
    उनले सन् २००६ र २००८ पछि नेपालमा चिनियाँ प्रभाव बढेको उनले बताएका छन् । त्यसैगरी चीनले नेपालमाथि लगानी पनि बढाइरहेको र बीआरआईले नेपाल-चीनको आर्थिक सम्बन्धलाई बलियो बनाउने र नेपालको विकासमा टेवा पुर्‍याउने उनको विश्वास छ । 
     
    यसअघि नेपालमा विभिन्‍न अपराधिक गतिविधहरु पनि बढिरहेका छन् । अपराधिक गतिविधिमा सयौं चिनियाँहरु एकैसाथ पक्राउ परेका थिए । त्यसैगरी नेपाली मिडिया र राजनीतिमाथि नेपालका लागि चिनियाँ राजदूतले संलग्‍नता पनि बढाएको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७०२:३५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend