आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चीनले मिचेको भूमीका सन्दर्भमा सरकार मौन, उल्टै चीनसँग मिलिभगत!

चीनले मिचेको भूमीका सन्दर्भमा सरकार मौन, उल्टै चीनसँग मिलिभगत!

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 14.0K
    SHARES

  • चीनले मिचेको भूमीका सन्दर्भमा सरकार मौन, उल्टै चीनसँग मिलिभगत!

    काठमाडौं– भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिन केपी शर्मा ओली नेतृत्वको सरकार कसिएको छ। त्यसका लागि नयाँ नक्सा जारी गरेको छ।

    सरकारको यो कदममा सबै राजनीतिक दलले साथ दिएका छन्। तर, चीनले मिचेका भूमीका सन्दर्भमा भने सरकार मौन छ। उल्टै चीनसँग घाँटी जोड्न सत्तारुढ दल तल्लिन छ।

    भारत वार्तामा बस्न नचाहेको नेपालपक्षको आरोप छ। नेपालले वार्ता नचाहेको भारत पक्षको आरोप छ । तर, ओली सरकारले भारतसँग सीमा जोडिएको स्थानको भूमि रक्षाका लागि सशस्त्र प्रहरी बलको पोष्ट थप्ने कार्य गरे पनि उत्तरतर्फ सीमा रक्षामा ध्यान दिन सकेको छैन । बरु सत्तारुढ नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको हिमचिम बढाएको छ ।

    भारत र चीनबीच सीमा विवादले सम्बन्धमा चिसोपना आएको र कोरोनाभाइरसका कारण अमेरिका र चीनबीच आरोपप्रत्यारोप चलिरहेका बेला तथा नेपालले एमसीसी पारित नगरेको अवस्थामा सत्तारुढ नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँग हिमचिम बढाएको हो । भारतले सीमा मिचेकोबारे खुलेरै विरोध जनाएका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट मिचिएको नेपाली भूमिबारे केही बोलेका छैन ।

    नेपाल चीनबीच ४३ वटा भञ्ज्याङ नाकाहरु रहेका छन् भने यस मध्ये ६ वटा व्यापारिक नाका रहेका छन् । तर, नेपाल–तिब्बत सीमा क्षेत्रका नदीले नेपाली भूमि कटान गरेर नेपाली भूमि तिब्बततर्फ गइरहेको भन्दै नेपाल सरकार कृषि मन्त्रालयको नापी शाखाको पत्रमा उल्लेख छ ।

    नेपाल तिब्बत सीमा नदीको सिमांकन ५ वटा सर्भेयर गरेको अध्ययनबाट हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभाका ३६ हेक्टर जमिन नेपालले गुमाएको छ । यो सर्भे केही वर्ष अगाडिको रहेकाले अहिलेसम्म थप कति भूभाग नेपालले उत्तरी सीमामा गुमायो भन्ने एकीन छैन ।

    chaina_micheko.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७०२:३५:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend