काठमाडौं– गल्वान उपत्यकामा भारतीय सेनासँगको झडपमा कामान्डिङ चिफ मारिएको चीनले स्विकार गरेको छ।
चीन–भारत सीमामा १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलासा भएको हो। चीनले मारिनेमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको छ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ।
घटनामा आफ्ना सैन्य अधिकारी मारिएको चीनको स्वीकारोक्तिलाई महत्वपूर्ण मानिएको छ। यसलाई सम्भवतः भियतनामसँग सन् १७७९ मा भएको युद्धपछि भएको पहिलो सैन्य हताहती भएको मानिएको छ। चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन।
जुन १५ भारतीय सेनाले आफ्नो दाबी गरिएको भू–भागमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि दुबैपक्षबीच हिंस्रक झडप भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।