काठमाडौं – भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको कार्यको विरोध गर्दा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको टाउको दुःखेको छ ।
सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्तालाई कम्युनिस्ट सरकारको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा सोमवार विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अतिक्रमणपछि आक्रोशित भएर विरोधमा उत्रिएका जनतालाई ओली सरकारले लगातार पक्राउ गर्दै आएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।