आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रौतहटमा खोलामा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना मृत फेला

रौतहटमा खोलामा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना मृत फेला

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०८३

  • 306
    SHARES

  • रौतहटमा खोलामा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना मृत फेला

    काठमाडौँ– रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ।

    मंगलबार करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।

    उनीहरूमध्ये महमद रमतुलाह र सबनम खातुन बुधबार मृत फेला परेको प्रहरीले जानकारी गराएको छ। उनीहरू बेपत्ता भएको ठाउँदेखि करिब ५ करिलोमिटर दक्षिण खोला किनारमा फेला परेका हुन्। रौशन खातनु भने अझै भेटिएका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०४:०७:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend