आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रौतहटको वृन्दावन नगरपालिकामा कांग्रेसको लज्जास्पद पराजय, यस्तो छ कारण

रौतहटको वृन्दावन नगरपालिकामा कांग्रेसको लज्जास्पद पराजय, यस्तो छ कारण

  • मिडिया डबली
  • शनिवार, जेठ २१ २०७९

  • 8.0K
    SHARES

  • रौतहटको वृन्दावन नगरपालिकामा कांग्रेसको लज्जास्पद पराजय, यस्तो छ कारण

    काठमाडौं - रौतहटको क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने वृन्दावन नगरपालिकालाई नेपाली कांग्रेसले आफ्नो आधार क्षेत्रको रूपमा लिने गरेको थियो ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुखसहित पाँच वडा र २२ वडा सदस्य जितेको कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचनमा एउटा सदस्य पनि जित्न सकेन ।

    अघिल्लो निर्वाचनमा २० जनामध्ये १५ जना कार्यपालिका सदस्य कांग्रेसका मात्रै थिए । तर यसपटकको निर्वाचनमा कांग्रेस शून्यमै सीमित भएको छ ।

    नगरपालिकामा यसपटक कांग्रेसको लज्जास्पद हारले आमनेता कार्यकर्ता चिन्तित बनेका छन् । २०७४ को निर्वाचनमा वृन्दावन नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा केही काम नगरेको र कांग्रेसका कार्यकर्तालाई बेवास्ता गरी माओवादी केन्द्रसँग साँठगाँठ गरी नगरपालिकामा काम गरेको गुनासो स्थानीयको छ ।

    प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले केन्द्रको बलमा जर्बजस्ती कांग्रेसका तत्कालीन मेयर रामस्नेही राय यादवलाई टिकट दिलाएकै कारण करारी हार बेहोरेको बुझिएको छ ।

    नगरपालिकामा प्रेमशंकर यादवलाई टिकट दिइएको थियो । यदि उनले टिकट पाएको भए कांग्रेसले जित हासिल गर्ने सम्भावना धेरै रहेको बताइन्छ ।

    वृन्दावन नगरपालिकामा पराजय व्यहोरेका वडाध्यक्षका अधिकांश उमेद्वावारहरू टिकट परिर्वतनलाई नै आफ्नो पराजयको प्रमुख कारण रहेको बताउँछन् ।

    टिकट नपाएपछि तत्कालीन मेयर रामस्नेही राय यादवले एमालेलाई सघाएको बुझिएको छ । वृन्दावन वडा नम्बर २ मा माओवादीसँग मिलेमतो गरेर कांग्रेसका उमेद्ववार लाई एक भोटले हराएको आरोप पनि यादवमाथि लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०८३१२:१५:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend