काठमाडौं - यसपटक नेपाली कांग्रेसले रौतहटमा ऐतिहासिक रेकर्ड राखेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेको दबदबाका बाबजुद पनि सात स्थानीय तह जितेर कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।
नेपाली कांग्रेसले ०७४ मा चन्द्रपुर नगरपालिका, गढीमाई नगरपालिका, फतुवा बिजयपुर नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका र बृन्दावन नगरपालिकामा जित हासिल गरेको थियो ।
त्यसबेला माओवादीले जितेको कटहरिया नगरपालिका र जसपाले जितेको माधवनारयाण नगरपालिकामा पनि यो पटक कांग्रेसले चुनाव जितेको छ ।
०७४ को निर्वाचनमा कांग्रेसले जितेको बृन्दावन नगरपालिका भने यसपटक गुमाएको छ । कांग्रेसले जितेको दुर्गा भगवती गाउँपालिकामा भने यसपटक माओवादी केन्द्रले जितेको छ ।
माओवादी केन्द्रले रौतहटको दुर्गा भगवती गाउँपालिकामै चित्त बझाउनु परेको छ । कांग्रेससँग अहिले सातजना पालिका प्रमुख र उपप्रमुख छन् । लोसपाले गौर नगरपालिका, माधवनाराण नगरपालिका गुमाएको छ ।
गरुडा नगरपालिका एमालेले जितेको छ। एकीकृत समाजवादी पार्टीले रौतहटका चार पालिकामा जित निकाल्दै दोस्रो पार्टी बनेको छ।
गौर, राजदेवी, बौधीमाई र बृन्दावन नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदारले जितेका छन् । देवाही गोनाही, मौलापुर नगरपालिका र गरुडा नगरपालिका एमालेले जितेको छ ।
ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । जिल्लाको गजुरा नगरपालिकामा जसपाका सन्तलाल चौधरीले जितेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।