बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष १८ २०८१

  • 873
    SHARES

  • माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए । 

    उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए ।

    वर्तमान सरकारको गतिविधिका कारण लोकतन्त्र कमजोर बनिरहेको भन्दै उनले जनतालाई सुसूचित गरियो भने मात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताए । लोकतन्त्रको रक्षा जनताले मात्र गर्न सक्ने उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend