आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिमलताल नजिकै बस दुर्घटना, ६ जना घाइते

सिमलताल नजिकै बस दुर्घटना, ६ जना घाइते

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष १५ २०८१

  • 387
    SHARES

  • सिमलताल नजिकै बस दुर्घटना, ६ जना घाइते
    फाइल तस्बिर

    चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।

    घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

    बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो । दुर्घटनास्थल जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ पर्दछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २० २०८३१०:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend