काठमाडौं– भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।
कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको सनाखत हुन नसकेको कैलालीका प्रहरी प्रवक्ता वेद जोशीले जानकारी दिए ।
शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।