काठमाडौँ, २ फागुन - कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।कुवेतका लागि प्रियादा मुरलीले सर्बाधिक २९ रन बनाएकी थिइन् भने शान्थी बलासुब्रमन्यन र खादिजा खालीलले १३-१३ रन बनाएका थिए ।
कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।त्यस्तै नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २-२ विकेट लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।