आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको विशेष

चीनको दादागिरी, नेपालीका अर्बौंका सामान उतै कुहिए, नेपाल सरकार चुपचाप

चीनको दादागिरी, नेपालीका अर्बौंका सामान उतै कुहिए, नेपाल सरकार चुपचाप

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 7.0K
    SHARES

  • चीनको दादागिरी, नेपालीका अर्बौंका सामान उतै कुहिए, नेपाल सरकार चुपचाप
    फाइल तस्वीर

    काठमाडाैं - चीनले नेपाली व्यापारीको अर्बाैँ रुपैयाँको सामाग्री केरुङ र ल्हासा नाकामा रोकिदिँदा व्यापारीले नोक्सानी बेहोर्दैछन्। झण्डै २० अर्ब रुपैयाँ बराबरको सामाग्री चीन र नेपालको व्यापारीक नाका रसुवागढी–केरुङ र तातोपानी खासा नाका अहिले बन्द छ।

    नेपाल सरकारले अहिलेसम्म रोकिएको सामान ल्याउने विषयमा कुनै पहलकदमी गरेको छैन। गत वर्षको चैतमा लकडाउन हुनु भन्दा २ महिना अघि देखि नाका बन्द थिए। माघको पहिलो सातामा मात्रै एक तर्फी रुपमा सन्चालनमा आएको नाका कोरोनाको जोखिम, बाढी पहिरोको जोखिमको कारणले सामान ढुवानीमा समस्या भयो।

    चीनले कोरोना संक्रमणको जोखिम भन्दै तातोपानी नाका खोलेको छैन। सम्बन्धित जिल्लाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरे पनि चिनियाँ पक्षले मानेको छैन। चीनले एकलौटी ढंगबाट नाका अबरुद्ध पारेको छ। यो अन्तराष्ट्रिय व्यापारको नीति विपरित हुँदा पनि नेपाल सरकारले केही भन्न सकेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७१०:३७:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend