बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्दै

विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्दै

  • मिडिया डबली
  • मंगलवार, आषाढ ५ २०८०

  • 3.0K
    SHARES

  • विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ ।

    जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित निकाल्ने योजनामा छन् ।

    छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई आयोजक जिम्बावेले हराएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित भएको थियो । एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिकाबीच पहिलो पटक खेल हुन लागेको हो ।

    तर, एकदिवसीय अन्तराष्ट्रियमा भने यी दुई टोली ६ पटक आमने सामने भईसकेका छन् । ६ खेलमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

    प्रतियोगितामा नेपाल सहित १० टोली सहभागि छन् । नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन् भने समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन् । फाइनलमा पुग्ने दुई टोली भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि छानिने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २५ २०८००६:२२:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend