काठमाडौं - भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका क्रममा बिहीबार बिहान नेपाल आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् ।
नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका हुन् । परराष्ट्रमन्त्री एनपी साउद र जयशंकरबीच आजै भेटवार्ता हुनेछ ।
जयशंकरले सुरुमा राष्ट्रपति रामचन्द्र पौडेल, त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने छन् । आजै आयोगको सातौं बैठक बस्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।