आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

इतिहासको चक्र घुमिरहेको छ... जहाँ भारतको उदय छ: जयशंकर

इतिहासको चक्र घुमिरहेको छ... जहाँ भारतको उदय छ: जयशंकर

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 2.9K
    SHARES

  • इतिहासको चक्र घुमिरहेको छ... जहाँ भारतको उदय छ: जयशंकर

    वाराणसी - भारतीय समाजमा मन्दिरहरूको महत्त्वपूर्ण भूमिकाको वर्णन गर्दै विदेशमन्त्री एस जयशंकरले उदाउँदो भारतमा 'इतिहासको चक्र घुमिरहेको' बताए। उनले भारत सम्पदा र संस्कृति धनी मुलुक भएकोले यस कुरालाई बेवास्ता नगरिने पनि बताएका छन्। 

    वाराणसी भ्रमणका क्रममा भारतीय समाजमा मन्दिरको भूमिकाबारे सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘इतिहासको पांग्रा घुमिरहेको छ भनेर आज हामीले महसुस गर्नुपर्छ। यो फिर्ता आउँदैछ। भारतको उदय भएको छ। त्यो जमाना, मन्दिरको बेवास्ता भएको थियो, जुन युगले हामीलाई अप्ठ्यारो पारेको थियो त्यो युग हाम्रो पछाडि छ,' उनले भने।

    जयशंकरले मन्दिरहरू आस्था र पूजा गर्ने ठाउँ मात्र नभएर सामाजिक सामुदायिक केन्द्र भएको बताए। 'तिनीहरू भेला हुने ठाउँहरू र ज्ञानका केन्द्रहरू हुन्। तिनीहरू कला र शिल्पका प्रवर्द्धक हुन्।'

    उनले अधिकांश मन्दिर भारतीय सम्पदाका रक्षक रहेको बताए। 'तिनीहरू हाम्रो जीवन शैली हुन्। मन्दिर बिना हामी जो हौं त्यो बन्ने छैनौं।'

    समसामयिक विश्वमा मन्दिरको महत्वबारे उनले भने, 'हामीले विश्वव्यापीकरणको चिन्ता गर्नुपर्छ। …मानिसहरूले बुझिरहेका छन् कि त्यहाँ फरक-फरक समाज, फरक मानिसहरू, र विभिन्न आस्थाहरू छन्। संसारमा प्रत्येक विश्वासको आफ्नो स्थान हुनुपर्छ।'

    जयशंकरले भारतीय संस्कृतिलाई फैलाउनुपर्ने आवश्यकतालाई जोड दिँदै अन्य विश्वासको प्रतिस्पर्धात्मक प्रगतिसँग जुध्न भारतले आफ्नो संस्कृतिलाई बाँकी विश्वमा प्रवर्द्धन, प्रस्तुत र लैजानुपर्नेछ।

    'आ-आफनो क्षेत्र सम्हालेर मात्र पुग्दैन, हामीले प्रवद्र्धन गर्नुपर्छ, प्रस्तुत गर्नुपर्छ र आफ्नो संस्कृतिलाई विश्वका अन्य भागमा लैजानुपर्छ। त्यसैले तपाईंले घरमा जे गरिरहनु भएको छ, हामीले यो सन्देश विश्वभरि पनि जाने बाटो खोज्नुपर्छ,' उनले भने।

    राजनीतिक र आर्थिक पुनर्संतुलनबारे हालै गरेको सम्बोधनलाई उल्लेख गर्दै परराष्ट्रमन्त्रीले सांस्कृतिक पुनर्संरचना भए मात्रै पुनर्संतुलन हुने बताए। 'हाम्रो आस्था, हाम्रो विश्वास र हाम्रो संस्कृतिले विश्वमा मान्यता र यसको उचित स्थान पाउनुपर्दछ। त्यो तपाईप्रतिको हाम्रो प्रतिबद्धता हो,’ उनले भने।

    देशको सभ्यता भारतभन्दा बाहिर गएको बताउँदै जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कम्बोडियालगायत अन्य देशमा रहेका भारतीय मन्दिरहरूको पुनर्स्थापना गर्ने दिशामा काम गरेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८०११:१०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend