काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकरले सोमबार गठबन्धन शब्द कुने पनि युग र भूराजनीतिक हिसाबमा बनेको भए पनि भारत अहिले कुनै पनि मुलुकसँगको गठबन्धनमा बस्न नसक्ने बताएका छन् ।
उनले विश्वव्यापी व्यवस्थामा आइरहेको परिवर्तनले भारतलगायत मध्यम शक्तिको लागि स्पेस खोलिरहेको बताएका छन् । "तर, संयुक्त राज्य अमेरिकामा निर्भर हुने मुलुकहरुले आफूलाई अमेरिकाको गठबन्धनमा भएको देखाइरहेका छन्," उनले थपे ।
विदेश मन्त्री जयशंकरले उक्त अभिव्यक्तिले भारत कहिल्यै पनि अमेरिकाको गठबन्धनमा नबस्ने र अमेरिकी गठबन्धन प्रणालीको सदस्य भारत बन्न नसक्ने बताएका हुन् । वास्तवमा भारत र अमेरिकाबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यले उनीहरु गठबन्धमा भएको देखाउछ ।
इन्डोप्यासिफिक क्षेत्रको सुरक्षा र रक्षाका सवालहरुमा भारत र अमेरिकाबीच सहकार्य भएको छ । कुटनीतिक रुपमा भारतले आफू अमेरिकाको गठबन्धनमा नरहेको बताउँदै आए पनि कतिपय मुद्दाहरुमा अमेरिकाको इशारामा नै भारत चलिरहेको चिनियाँ सञ्चारमाध्यमहरुको आरोप छ ।
यस्तो रणनीतिले कूटनीतिक र रणनीतिक स्पेस उपलब्ध गराउने भारतको विश्वास छ । अमेरिकाको गठबन्धनमा नभएको बताइरहँदा अन्य मुलुकहरुसँग द्वीपक्षीय तरिकाबाट डिल गर्न सकिने भएकोले भारतले यस्तो रणनीति अपनाएको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।