आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

माओवादी मेयरका छोरा ठगी आरोपमा पक्राउ

माओवादी मेयरका छोरा ठगी आरोपमा पक्राउ

  • मिडिया डबली
  • बुधवार, जेठ १७ २०८०

  • 8.4K
    SHARES

  • माओवादी मेयरका छोरा ठगी आरोपमा पक्राउ
    फाइल तस्वीर

    काठमाडौं - केही समययता नेपालमा ठगीका घटनामा तीव्र वृद्धि भएको छ । ठूल्ठूला नेता पनि ठगी र कीर्ते धन्दामा लागेको नक्कली शरणार्थी प्रकरणले पुष्टि गरिसकेको छ ।

    अझै वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने गिरोह हरेक दिन पक्राउ पर्दै आएको छ । यसैक्रममा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेको आरोपमा हरिवन नगरपालिकाका मेयरका छोरा पक्राउ परेका छन् ।

    सर्लाहीको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीका जेठा छोरा निरोजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

    बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    प्रहरीका अनुसार काठमाडौं सिनामंगलबाट पक्राउ परेका बुढाथोकीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    यसअघि झापाको दमक नगरपालिकाका पूर्वमेयर रोमनाथ ओलीका छोराले अस्ट्रेलिया पठाइदिन्छु भन्दै दर्जनभन्दा बढी युवासँग लाखौं रुपैयाँ ठगी गरेको समाचार आएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २४ २०७९११:५१:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend