काठमाडौं - सत्तारुढ गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँड गर्न सकेका छैनन् । अहिलेसम्म एक सय १० सिटमा सहमति जुटेको छ । अझै ५५ सिटमा कुनै सहमति भएको छैन ।
सहमति जुटाउन गठित कार्यदलको म्याराथन बैठक केही दिनका लागि स्थगित भएको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि मात्रै कार्यदलको बैठक बस्ने भएको छ ।
अहिलेसम्म सबै दलले आ–आफ्नो अडान राखेका कायमै राखेका छन् । कांग्रेस ९० सिट, माओवादी केन्द्र ६०, एकीकृत समाजवादी ४०, जसपा ३० सिटभन्दा तल नझर्ने अडानमा छन् । तर, चाँडै सबै दल लचक हुने नेताहरूको भनाइ छ ।
कांग्रेसको जनाधार धेरै भएकाले उसले पाउने ९० प्रतिशत सिट जित्ने सबैले अनुमान गरेका छन् । तर, माओवादी, एकीकृत समाजवादी र जसपाले पाउने ६० प्रतिशत सिट भने कोल्याप्स अर्थात् एमालेले जित्ने विश्लेषण हुन थालेको छ ।
किनभने गिलासमा गाग्री पानी खन्याउने धेरै सम्भावना हुँदैन । कांग्रेसलाई भने गिलासको पानीम खन्याएपछि चुनाव जित्ने सम्भावना धेरै छ । त्यही भएर बरु कांग्रेसलाई धेरैभन्दा धेरै सिट दिएर अरु दललाई पनि सम्मानजनक सिट भागबन्डा गर्नुपर्ने आवाज उठेको छ ।
तर, प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव भने भुइँमा नपछारिएसम्म होसमा आउने सम्भावना देखिएको छैन । एमाले भने निकै उत्साहित देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।