दैलेख, १६ भदौ - दैलेखमा नेकपा माओवादी केन्द्रका दुईजना नेता एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लागेर आफु एमालेमा प्रवेश गरेको विश्वकर्माले बताए ।
‘देशमा एमालेबाहेक अरुले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ’, उनले भने । गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवारसमेत रहेका विश्वकर्मा एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप बलियो भएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।