आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रवि लामिछानेभन्दा गोकुल बासकोटा नै ‘इमान्दार’

रवि लामिछानेभन्दा गोकुल बासकोटा नै ‘इमान्दार’

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 3.9K
    SHARES

  • रवि लामिछानेभन्दा गोकुल बासकोटा नै ‘इमान्दार’

    काठमाडौं - राजनीतिमा नैतिकता भन्ने विषय निकै महत्वपूर्ण हुन्छ । नेपालकै इतिहासमा पनि धेरैले इमान्दारिता देखाएका छन् ।

    सिंहदरबार जल्दा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए । दशरथ रंगशालामा फुटबल प्रतियोगिता हुँदा भागदौड मच्चिएर केहीले ज्यान गुमाएपछि तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए ।

    बहुदल आएपछि कृषिमन्त्री बनेकी शैलजा आचार्यले सरकार नै भ्रष्टाचारमा लागेको भन्दै गिरिजाप्रसाद कोइरालाको क्याबिनेटबाट राजीनामा दिएकी थिइन् । केपी ओली प्रधानमन्त्री हुँदा कानुनमन्त्री शेरबहादुर तामाङले नेपाली छात्रामाथि आरोप लाग्ने गरी अभिव्यक्ति दिएका कारण मन्त्री पद गुमाएका थिए ।

    आफूमाथि ७० करोड घुसको आरोप लागेपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बासकोटाले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनले मन्त्री बन्ने चासो देखाएनन् । बरु आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती नै दिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला रक्षामन्त्री मिनेन्द्र रिजालले नैतिकता देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले कांग्रेसको महाधिवेशनका बेला सभापति देउवालाई पूर्वसभापति बनाउने भन्ने अभिव्यक्ति दिएका थिए ।

    देउवाकै क्याबिनेट मन्त्री रिजालले आफू महामन्त्रीमा पराजित भएलगत्तै मन्त्रीबाट राजीनामा दिएका थिए । तर आफूलाई वैकल्पिक राजनीति शक्ति भनेर चिच्याएकै भरमा चुनावमा २० सिट जितेर उपप्रधान तथा गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अलिकति पनि नैतिकता प्रदर्शन गर्न सकेनन् ।

    अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता प्रयोग गरिरहेपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो । तर, उनले ४८ घन्टाभित्रै नागरिकता प्राप्त गरे । अहिले उनीमाथि दोहोरो राहदानी प्रयोग गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।

    तर, नागरिकता प्राप्त गरेको केही घन्टामै रास्वपाको सभापति बनेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई गृहमन्त्री नियु्क्त गर्न दबाब दिइरहेका छन् । नागरीकता नक्कली ठहर भएर सम्पूर्ण पदबाट बर्खास्त भएको, अझै राहदानी विवाद बाँकी नै छ, उनैलाई अहिले तुरुन्त मन्त्री चाहिएको छ ।

    रविलाई जसरी नागरिकतामा विवादमा सांसद पद जान्छ भन्ने थाहा थियो, त्यसैगरी गृह लिन नसके राहदानी कान्डमा जेल गइन्छ भन्ने थाहा हुनाले गृह मन्त्रालय खोजेका हुन्। यो सबैले बुझेकै कुरा हो ।

    सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै र दोहोरो राहदानीको अनुसन्धान नसकिँदै तालुकवाला मन्त्रालयमै फर्कन हतार गर्नुले प्रधानमन्त्री प्रचण्ड निकै गम्भीर भएका छन् ।

    गैरसांसद लामिछानेले एमाले अध्यक्ष केपी ओलीमार्फत दबाब दिएर मन्त्री नियुक्त हुन खोजिरहेका छन् । तर प्रचण्ड आफ्नो नेतृत्वको सरकार ढले पनि लामिछानेलाई मन्त्री बनाउन तयार देखिएका छैनन् ।

    उनले आइतबार बालुवाटारमा आफूलाई भेट्न आएका लामिछानेलाई सबै दलसँग छलफल गरेर निर्णय लिने भन्दै फर्काइदिएका थिए । त्यसपछि लामिछाने सिधै बालकोट पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ६ २०७९१०:१४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend