आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन रोक्न प्रचण्डको यस्तो प्लान

गगन रोक्न प्रचण्डको यस्तो प्लान

  • मिडिया डबली
  • बिहिवार, मंसिर २२ २०७९

  • 14.7K
    SHARES

  • गगन रोक्न प्रचण्डको यस्तो प्लान

    काठमाडौं - नेपालका कम्युनिस्ट पार्टीका नेताहरू युवा पुस्ता नेतृत्वमा नआओस् भनेर कतिसम्म हर्कत गर्दा रहेछन् भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् ।

    हुन त एमाले अध्यक्ष केपी ओली युवा नेता भन्नेवित्तिकै जंगी हाल्छन् । उनी युवाले देश चलाउन सक्दैनन् भन्ने पक्षमा छन् । प्रचण्डले पनि अहिले त्यस्तै गेम खेलिरहेका छन् ।

    ३० वर्षदेखि अनवरत पार्टीको नेतृत्वमा रहेका प्रचण्डले अझै १० वर्षसम्म कसैलाई आउन नदिने गरी पार्टीमा सेटिङ गरिरहेका छन् । कतिसम्म भने उनले नेपाली कांग्रेसमा पनि युवा नेता नेतृत्वमा नआउन् भनेर ठूलै गेम खेलिरहेका छन् ।

    निर्वाचनको अन्तिम नतिजा आइसक्दा पनि कसले सरकार बनाउने भन्ने अझै टुंगो लागिसकेको छैन । ठूलो दलको हैसियतले नेपाली कांग्रेसले नै सरकार बनाउने निश्चित छ ।

    तर, कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने विधानमा व्यवस्था छ । त्यसैले दलको नेताका लागि महामन्त्री गगन थापाले लबिङ सुरु गरेका छन् । तर गगन थापा कांग्रेसको संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनेमा आफूहरू रिटायर्ड हुने डरले प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा नै फेरि पनि प्रधानमन्त्री बनुन् भन्ने चाहेका छन् ।

    त्यसैले उनले थापा प्रधानमन्त्री बनेमा गठबन्धन कायम नरहने भन्दै धम्कीयुक्त चेतावनी कांग्रेस नेताहरूलाई पठाएको स्रोतले बतायो । त्यसैले प्रचण्डको लोलीमा कांग्रेसका केही नेताहरूले बोली मिलाउने काम गरिरहेका छन् ।

    कांग्रेस संसदीय दलको नेतामा देउवालाई थापाले अप्ठेरो पार्न सक्छन् भन्ने बालुवाटारको बुझाई छ । किनभने देउवाको पार्टी र सरकारमा यो नै अन्तिम इनिङ हो भन्ने सबैले बुझेका छन् ।

    अर्को निर्वाचनमा देउवासमेत जितेर आउने अवस्था छैन । अझ उनी निकट धेरै नेता सोत्तर हुने आकलन गरिएको छ । त्यसैले यहीपटक दलको नेता बन्ने प्रयासमा थापा लागेका छन् ।

    उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले खुलेर समर्थन गरेका छन् । शर्माले त प्रधानमन्त्री देउवालाई फेरि पनि दलको नेताका लागि उम्मेदवारी नदिन सुझाव पनि दिएका छन् ।

    देउवाले अहिलेसम्म यसबारे केही बोलेका छैनन् । उनले आफ्ना विश्वासपात्रलाई मिडियामा अन्तर्वार्ता दिन लगाइरहेका छन् । कतिसम्म भने थापा प्रधानमन्त्री भए अहिलेको सत्तागठबन्धन टुट्न सक्ने भन्दै भ्रम फैलाइएको छ । जबकि चुनाव जितेलगत्तै महामन्त्री थापाले अहिलेको गठबन्धन कायमै रहने प्रतिक्रिया दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०४:१५:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend