आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको शरणमा पुगेका कमल थापाको राप्रपा नेपाललाई जम्मा १२ हजार मत

ओलीको शरणमा पुगेका कमल थापाको राप्रपा नेपाललाई जम्मा १२ हजार मत

  • मिडिया डबली
  • मंगलवार, मंसिर २० २०७९

  • 6.5K
    SHARES

  • ओलीको शरणमा पुगेका कमल थापाको राप्रपा नेपाललाई जम्मा १२ हजार मत

    काठमाडौं - एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका कमल थापाले राप्रपा नेपाल पार्टी पुनर्गठन गरे र त्यो पार्टीको अध्यक्षसमेत बने ।

    निर्वाचन आयोगले उनको पार्टीलाई चुनाव चिन्ह ‘तिर’ दिएको थियो । तर, उनी आफैं भने पार्टीको चुनाव चिन्हबाट नलडी एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बने । आफ्ना पार्टीका उम्मेदवारलाई भने ‘तिर’ मै चुनावमा उठाए ।

    सोही कारण उनका पार्टीका समर्थक र कार्यकर्ता असन्तुष्ट बने । राप्रपा नेपालले कहीँकतै उल्लेख्य मत प्राप्त गर्न सकेन । आफू चुनाव हारेपछि थापा गुमनाम भएका छन् । तर पनि ट्विटरतिर एमाले अध्यक्ष केपी ओलीको गुनगान गाउन छाडेका छैनन् ।

    राप्रपा नेपालले प्रतिनिधिसभातर्फ १२ हजार ३०२ मत पाएको छ । उनले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले राप्रपा नेपाललाई घाटा लागेको छ । राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ ।

    उसले प्रदेश १ मा ३,३९१, मधेसमा ६,५२२, बागमतीमा ५,६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३,३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १,२४१ मत पाएको छ । थापाले छाडेको राप्रपाले भने संघतर्फ प्रत्यक्ष र समानुपातिक गरी १४ सिट हात पार्ने भएको छ ।

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ ।

    अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ । नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend