काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गर्दा अन्याय र अत्याचार गरेको बताएका हुन्।
उनले भनेका छन्, ‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ र?,’ उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्नसमेत गरेका छन्।
उनले भनेका छन्, ‘प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा मैले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनियो। मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त? यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्धा साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ–बिरालोले मुरा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नुपर्छ, किन कराउने भनी ठान्छन्। त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।