काठमाडौं - बिहीबार चितवनको भरतपुरमा सत्तागठबन्धनले आयोजना गरेको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि जे जस्तो धम्कीको भाषा प्रयोग गरे त्यसले आमकांग्रेसीजन आक्रोशित भएका छन् ।
चुनावी सभामा कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितका नेता थिए । तर, उनले कांग्रेसीले रेणु दाहाललाई मत नदिए राजनीतिक दुर्घटनातिर देश जाने भनेर धम्कीयुक्त भाषा बोले ।
जसकारण अहिले भरतपुरवासी रेणु हराउ अभियानमा लागेका छन् । देशभर पाँचदलीय गठबन्धन भनिए पनि माओवादी केन्द्रले नेपाली कांग्रेसमाथि जतासुकै घात र धोका दिएको छ ।
प्रचण्डकै निर्देशनमा कांग्रेस बलियो भएको र प्रमुखमा उम्मेदवारी दिएका अधिकांश स्थानीय तहमा माओवादीले बागी उम्मेदवार खडा गरेको छ । माओवादीले बागी उम्मेदवारी नदिएको काठमाडौं र ललितपुर महानगरपालिकामा मात्रै हो । नत्र अरु सबै स्थानीय तहमा माओवादीले कांग्रेसका उम्मेदवारविरुद्ध बागी खडा गरेको छ ।
प्रचण्डले आफ्नी छोरी रेणु दाहालविरुद्ध कांग्रेसका असन्तुष्ट जगन्नाथ पौडेलले उम्मेदवारी दिएको झोकमा देशभर बागी खडा गरेका छन् ।
भन्नलाई बागी उम्मेदवारविरुद्ध कारबाही गर्ने भनिए पनि माओवादीले कांग्रेस उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका आफ्ना नेता कार्यकर्तालाई कतै कारबाही गरेको छैन ।
कतिसम्म भने रोल्पा, रुकुम जस्ता माओवादीको बलियो जनाधार भएका जिल्लामा कांग्रेससँग गठबन्धन नै गरेको छैन । ती ठाउँमा कांग्रेस र एमालेबीच सहकार्य गरेको छ ।
आफू बलियो भएको ठाउँमा कांग्रेसलाई पस्नै नदिने, आफू कमजोर भएको र कांग्रेस बलियो भएको ठाउँमा जबर्जस्ती घुस्ने प्रवृत्तिकै कारण प्रचण्डसँग आमकांग्रेसी आक्रोशित भएका हुन् ।
प्रचण्डकै निर्देशनमा कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरा र नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका अधिकांश स्थानीय तहमा माओवादीले कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेको छ ।
भन्नलाई मित्रवत् प्रतिस्पर्धा भने पनि ती जिल्लाका स्थानीय तहमा माओवादी र एकीकृत समाजवादीबीच सहकार्य भएको छ । जसले कांग्रेसलाई ठूलो घात हुने निश्चित छ । गठबन्धनकै भोट बाँडिदा जित्ने भनेको एमालेले हो ।
त्यसैले पनि अहिले भरतपुरमा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसीले जुन विद्रोह गरे त्यसको देश विदेशबाट प्रशंसा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।