काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्दैछ । सम्पूर्ण केन्द्रीय सदस्यले धारणा राखिसकेपछि कांग्रेस बैठक ठोस निर्णय लिएर सकिँदैछ ।
तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा अन्य दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय गर्दै आज सकिने छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी तालमेललगायतका विषयमा आजको बैठकले निर्णय गर्न सक्ने जानकारी दिएका छन् । शुक्रबार र शनिबारको बैठकमा बोल्ने नेताहरूले चुनावी तालेमेल गर्न नहुने बताएका थिए ।
तर, आइतबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा तालमेल गर्नुपर्ने पक्षमा छन् । तर, संस्थापन इतर समूह भने गर्न नहुने पक्षमा छ । यदि सभापति देउवाले भनेअनुसार निर्णय भएमा आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटीसमेत तयार पार्ने छ ।
भएन भने सत्तारुढ गठबन्धनको भविष्य धरापमा पर्ने छ । तर, कांग्रेसमा केन्द्रबाट होइन, स्थानीय वा जिल्लास्तरमा मात्र चुनावी तालमेल गर्नुपर्ने पक्षमा बत बलियो छ ।
केन्द्रबाटै चुनावी तालमेलको निर्णय भएमा संगठन ध्वस्त हुने भएकाले स्थानीयस्तरमा आवश्यकताका आधारमा तालमेल गर्नुपर्ने सुझाव नेताहरूको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।