काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको खुलासा गरेका हुन् ।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कुराकानी चलिरहेको छ, केही मन्त्रालय हेफेर हुने सम्भावना छ ।’
लामो समयदेखि रक्षा र उद्योग मन्त्रालय खाली छ । अहिलेसम्म प्रधानमन्त्री देउवाले कसैलाई पनि मन्त्री दिएका छैनन् । केही मन्त्रीको कार्यशैली चित्त नबुझेकाले हेरफेरको गृहकार्य चलेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।