आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफ्नै गृहजिल्लामा नराम्रोसंग हारेका श्रेष्ठको मागले कांग्रेसमा भाडभैलो, बालुवाटारमा उत्पात !

आफ्नै गृहजिल्लामा नराम्रोसंग हारेका श्रेष्ठको मागले कांग्रेसमा भाडभैलो, बालुवाटारमा उत्पात !

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २३ २०७८

  • 4.7K
    SHARES

  • आफ्नै गृहजिल्लामा नराम्रोसंग हारेका श्रेष्ठको मागले कांग्रेसमा भाडभैलो, बालुवाटारमा उत्पात !

    काठमाडौं - नेपाली कांग्रेसभित्र गुटमा रहेर धेरै अवसर लिने नेता गोपालमान श्रेष्ठले ‘वरिष्ठ नेता’को पद चाहियो भनेर बबाल मच्याएका  छन् ।

    १४औँ माहाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्छु भनेर शेरबहादुर देउवासँग बगावत गरेका श्रेष्ठले अन्तिममा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर चित्त बुझाएका थिए ।

    गलत हर्कतका कारण उनी स्याङजामा प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित भए । जिल्ला अधिवेशनमा देउवा समूहलाई जिताउन सकेनन् । श्रेष्ठका कारण देउवा समूहबाट उम्मेदवार बनेका धेरै नेताहरू स्याङजामा हार्न पुगेका छन् ।

    श्रेष्ठले जिल्ला सभापति नै गुमाए । त्यति मात्र कहाँ हो र ? श्रेष्ठको गलत निर्णयले गण्डकी प्रदेश सभाको सभापतिमा पनि देउवा समूह पराजित हुन पुग्यो ।

    श्रेष्ठले पार्टीभित्र सक्षम र राम्रा नेताहरू हुँदाहुँदै उनीहरूलाई पाखा लगाएर आफ्नै भतिजा मेखलाल श्रेष्ठलाई गण्डकी प्रदेश सरकारमा मन्त्री बनाएका छन् ।

    श्रेष्ठले देउवा समूहमा रहेका राजु थापालाई धेरै पेलानमा राखेपछि बाध्य भएर अर्को समूह लागेका छन् । सोमबार बिहान एउटा रेडियोसँगको अन्तर्वार्तामा नेता श्रेष्ठले भने, ‘सभापतिमा म आफै उठ्ने भनेको थिएँ । शेरबहादुरले गोपालमानजी एक पटक तपाईले सहयोग गर्न भनेपछि सहयोग गरेँ । मैले अत्याधिक बहुमतले पनि जिताएँ ।’

    ‘कार्यसमितिमा पनि करीव ८२ प्रतिशत भएको छ । म संगठन विभागको प्रमुख भएर संगठन बनाएकोले त्यसको प्रतिफल मिलेको छ’, उनले भनेका छन् । नेता श्रेष्ठले सभापतिमा देउवालाई आफूले जिताएको दाबी गरेका छन् ।

    ‘रामचन्द्रजीलाई वरिष्ठ नेता बनाइएको छ । उहाँले १४औँ महाधिवेशनमा भाग लिनुभएन । वरिष्ठ बनाउनुभयो । उहाँलाई बनाएपछि मलाई पनि बनाउनुपर्छ’, श्रेष्ठले भने, ‘हामी तीन जना एउटै समकक्षी हौँ । रामचन्द्र वरिष्ठ भएपछि गोपालमानले पनि वरिष्ठ पाउनुपर्छ भन्ने मेरो माग हो । नेता त्रयको कन्सेप्ट हो । म तेस्रो नेता हुनुपर्छ ।’

    उनले भने, ‘म कार्यबाहक सभापति भइसकेको व्यक्ति हो । ०१७ सालदेखि सक्रिय भएर लागेको हो ।’ ‘मलाई तेस्रो लहरमा राख्न सबै तयार छन् । एक नम्बर मा शेरबहादुर देउवा, दोस्रो नम्बर रामचन्द्र र तेस्रो नम्बरमा म हुनुपर्छ भन्ने माग हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २२ २०८००२:४६:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend