शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डले तीन महिनासम्म पनि चयन गर्न सकेनन् पदाधिकारी, खुमलटारमा नेताहरूको लर्को

प्रचण्डले तीन महिनासम्म पनि चयन गर्न सकेनन् पदाधिकारी, खुमलटारमा नेताहरूको लर्को

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २३ २०७८

  • 4.9K
    SHARES

  • प्रचण्डले तीन महिनासम्म पनि चयन गर्न सकेनन् पदाधिकारी, खुमलटारमा नेताहरूको लर्को

    काठमाडौं - माओवादी केन्द्रको महाधिवेशन सकिएको तीन महिना बितिसकेको छ । गत पुसमा माओवादीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । तर, अहिलेसम्म पनि पार्टीको पदाधिकारी चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असफल बनेका छन् ।

    पदाधिकारी चयन गर्नकै लागि भनेर आइतबार केन्द्रीय समितिको बैठक बोलाइएको थियो । तर, गृहकार्य नपुगेको भन्दै आजका लागि बैठक बोलाइएको छ । बैठक बस्नुअघि आज पनि सबेरैदेखि नेताहरुको दौडधूप देखिएको छ ।

    शुक्रबारदेखि सुरु पार्टीको केन्द्रीय समिति बैठक हिजो बस्न नसकेपछि नेताहरुको भेटघाट र छलफलले तीव्रता लिएको हो ।

    आज खुमलटारमा नेताहरु देव गुरुङ, शिक्षामन्त्री देवेन्द्र पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामेश्वर राय यादवले अध्यक्ष दाहालसँग संयुक्त भेटवार्ता गरेका छन् । नेताहरूको असन्तुष्टि समाधानका लागि पार्टी अध्यक्ष प्रचण्ड सहमतिको प्रयासमै छन् ।

    तर, उनले अहिलेसम्म मिलनबिन्दु भने भेटाउन सकेका छैनन् । जसकारण पनि केन्द्रीय कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको हो ।

    उनीमाथि अहिले नेताहरूको व्यवस्थापन र पार्टीभित्रै एमसिसीमाथि उठेको असन्तुष्टिका आवाजलाई कम गर्नुपर्ने दबाब छ । एमसिसी संसदबाट व्याख्यात्मक टिप्पणीसहित पास भएपछि सत्ता साझेदारसमेत रहेको माओवादीका केही नेताहरूले खुलेरै असन्तुष्टि पोखे ।

    विशेष गरी नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, लीलामणि पोखरेललगायत माओवादीका प्रभावशाली नेताहरूले एमसिसी अनुमोदनमाथि असन्तुष्टि जनाएका हुन् । उनीहरूले पार्टी नै छाड्ने धम्कीसमेत दिएका छन् ।

    आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेन्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

    माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । तीन तीन महिनासम्म पदाधिकारी चयन गर्न नसक्नुलाई प्रचण्डको ठूलो अक्षमता मानिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend