काठमाडौं - सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन्।
अन्ततः नेपालका कथित राष्ट्रवादीहरू चिसो पानीमै नुहाउनुपर्ने अवस्थामा आइपुगेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न ‘व्याख्यात्मक घोषणा’ गरेर जाने सत्तारुढ गठबन्धनमा आन्तरिक सहमति भएको थियो ।
आज बस्ने प्रतिनिधिसभा बैठकले सम्भवतः एमसीसीबारे ठोस निर्णय गर्ने बुझिएको छ । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी छोड्नुपर्ने डरले एमसीसी पास गर्न राजी हुनु र एमाले अध्यक्ष केपी ओलीले १४ सांसद नहटेसम्म एमसीसीको पक्षमा मतदान नगर्ने अडान लिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीचको बाटोबाट एमसीसी अनुमोदन गर्नसकिने बाटो सुझाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।