शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

माओवादी बहादुरीपूर्वक आज सरकारबाट बाहिरिने

माओवादी बहादुरीपूर्वक आज सरकारबाट बाहिरिने

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 7.6K
    SHARES

  • माओवादी बहादुरीपूर्वक आज सरकारबाट बाहिरिने

    काठमाडौं - माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् । सत्तारुढ माओवादी केन्द्रका शीर्ष नेताहरू अहिले ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा छलफलमा जुटेका छन् ।

    छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् । ‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

    तर, अन्तिम टुंगोमा भने एकीकृत समाजवादीका नेताहरूबीचको छलफलपछि पुगिने नेताहरूले बताएका छन् । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् ।

    धनगढीमा रहेका नेपाल काठमाडौं फर्किंदै छन् । संसदमा पेस भएको एसमीसीको विपक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ ।

    कांग्रेसले एमालेसमेतको सहयोगमा एमसीसी पास गर्न गृहकार्य अघि बढाएपछि माओवादी संकटमा परेको छ । त्यही भएर सम्भवतः आज माओवादीले सरकारबाट बाहिरिने तर गठबन्धनमा रहिरहने निर्णय गर्ने स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend