शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

के देउवा र ओलीबीच सहकार्य बन्न लागेको हो ? प्रचण्ड र माधवमा बढ्यो छटपटी

के देउवा र ओलीबीच सहकार्य बन्न लागेको हो ? प्रचण्ड र माधवमा बढ्यो छटपटी

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ११ २०७८

  • 4.4K
    SHARES

  • के देउवा र ओलीबीच सहकार्य बन्न लागेको हो ? प्रचण्ड र माधवमा बढ्यो छटपटी

    काठमाडौं - नेपालको राजनीति फेरि तरल बन्न पुगेको छ । सत्तारुढ गठबन्धनमा खटपट देखिएसँगै सरकारको भविष्य पनि अनिश्चित देखिएको छ ।

    सरकारले सदनमा पेस गरेको मुख्य आर्थिक एजेन्डामा सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले असहयोग गरेपछि प्रमुख प्रतिपक्षी एमाले नेपाली कांग्रेससँग नजिकिन थालेको छ ।

    खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले नचाहँदा नचाहँदै पनि एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाउनुपर्ने अवस्था आइलागेको छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसी फागुन १२ गतेदेखि संसदमा छलफल हुँदैछ । सम्भवतः बिहीबार नै एमसीसी निर्णयार्थ पेस गर्ने सरकारको तयारी छ ।

    यदि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीमा असहयोग गरेमा भोलि नै गठबन्धन टुट्ने अनुमान गर्न थालिएको छ । मंगलबार राति एमाले अध्यक्ष केपी ओली बालकोटबाट बालुवाटार त्यत्तिकै पुगेका होइनन् ।

    यसअघि प्रधानमन्त्री देउवा बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । लामो समयसम्म प्रधानमन्त्री देउवासँग संवाद नै नगरेका ओली किन बालकोट पुगे ? आठ महिनापछि ओली बालुवाटार फर्किन किन तयार भए ? जबसम्म यो विषय प्रचण्ड र माधव नेपालले बुझ्दैनन् त्यतिबेलासम्म धेरै ढिला हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

    कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रघाती र राष्ट्रवादी पार्टी एउटै सरकारमा रहन नसक्ने भन्दै सत्ता छाड्न माओवादी र एकीकृत समाजवादीलाई चुनौती दिनु र एमाले अध्यक्ष ओली बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग लामो छलफल गर्नुले घटनाक्रम धेरै अघि बढिसकेको अनुमान गर्न थालिएको छ ।

    यदि प्रचण्ड र माधवले एमसीसी पास गर्न असहयोग गरेमा एमालेको सहयोगमा पास गर्ने देउवाको प्रस्तावमा ओलीले तत्काल नसकिने भन्ने जवाफ त दिएका छन्, तर सदनमा निर्णयार्थ पेस गर्ने बेला के हुन्छ भन्न सकिन्न । किनभने एमाले पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend