शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

बालुवाटारमा ओलीको मन्द मुस्कानले खुमलटारमा तनाव

बालुवाटारमा ओलीको मन्द मुस्कानले खुमलटारमा तनाव

  • मिडिया डबली
  • सोमवार, माघ २४ २०७८

  • 5.4K
    SHARES

  • बालुवाटारमा ओलीको मन्द मुस्कानले खुमलटारमा तनाव

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात महिनापछि औपचारिक रूपमा आइतबार एउटै बैठकमा आम्नेसाम्ने भए । प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग ओलीले औपचारिक भेटवार्ता गरेका थिएनन् ।

    यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो दिएका थिए ।

    नेपाली कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा भने प्रचण्ड र ओली एउटै मञ्चमा उपस्थित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ओली र प्रचण्ड एकै मञ्चमा उपस्थित भए पनि औपचारिक कुराकानी भएको थिएन । प्रचण्डका कारण गत असार २८ गते ओलीले बालुवाटार छोड्नु परेको थियो ।

    प्रचण्ड र माधवकुमार नेपालका कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको थियो, जसको अध्यक्ष ओली र प्रचण्ड थिए । अदालतले पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो ।

    त्यसपछि तत्कालीन एमाले नेता माधवकुमार नेपालले एमालेबाट अलग भई एकीकृत समाजवादी पार्टी स्थापना गरेका थिए । ओलीले गरेको संसद् विघटनलाई प्रचण्ड र नेपालले समर्थन नगरेपछि ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेको थियो ।

    प्रधानमन्त्रीबाट हटेपछि ओली र प्रचण्डबीच प्रत्यक्ष औपचारिक भेटवार्ता भएको थिएन । यो सात महिनाको अवधिमा ओलीले प्रचण्डको र प्रचण्डले ओलीको आलोचना गर्दै आएका थिए ।

    आइतबारको बैठकमा स्थानीय तहको निर्वाचन र एमसीसीको सम्बन्धमा छलफल भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले ओली र प्रचण्डलाई एकैपटक बालुवाटार बोलाएका थिए ।

    सात महिनापछि ओली बालकोटबाट पुनः बालुवाटार पुगेका थिए । तर, यसबीचमा प्रचण्ड पटकपटक बालुवाटार पुगेका थिए ।

    तर, जब सात महिनापछि बालुवाटारमा ओली मन्द मुस्कानसहित वार्तामा बसेका थिए, त्यहीँ प्रचण्ड भने कागती निचोरिएको अनुहार जस्तो देखिन्थे । ओलीको बडील्यांग्वेजले प्रचण्ड कायल भएको सार्वजनिक तस्बिरले नै पुष्टि गर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend