शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डको दुईजिब्रे प्रवृत्ति एक साताभित्रै उदांगो हुने

प्रचण्डको दुईजिब्रे प्रवृत्ति एक साताभित्रै उदांगो हुने

  • मिडिया डबली
  • सोमवार, माघ २४ २०७८

  • 5.1K
    SHARES

  • प्रचण्डको दुईजिब्रे प्रवृत्ति एक साताभित्रै उदांगो हुने

    काठमाडौं - नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई निकै चतुर ठान्छन् ।

    अहिलेसम्म सबैलाई रिंग्याउँदै आएका प्रचण्ड यसपटक भने नराम्ररी पछारिने निश्चित भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा दुईजिब्रे प्रवृत्ति देखाइरहेका उनका लागि आगामी साता निकै सकसपूर्ण हुने आकलन गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीलाई संयुक्त रूपमा लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड कतिसम्म खेल्न सक्छन् भन्ने सतहमा आएको छ । यसअघि पनि उनले यस्तै छलकपट गर्दै आएका थिए ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरेर घर फर्किन नपाउँदै प्रचण्डको सचिवालयले एमसीसीलाई लेखेको पत्रको ठीक विपरीत आफ्नो पार्टीको धारणा रहेको भन्दै यथास्थितिमा एमसीसी स्वीकार नगर्ने भनेर विज्ञप्ति नै जारी गर्न पुग्यो ।

    तीनदलीय बैठकमा एउटा कुरा राख्ने र घर फर्केपछि अर्को कुरा गर्नाले अब प्रचण्डप्रति आमजनतामा विश्वास घट्दै गएको देखिएको छ । उनको यो प्रवृत्तिले आगामी निर्वाचनमा माओवादीले ठूलो घाटा बेहोर्ने निश्चित छ ।

    प्रधानमन्त्री देउवाले एमालेसँगको सहयोगमा संसदबाट एमसीसी अनुमोदन गर्न नसक्ने होइनन् । तर, गठबन्धन नटुटोस् भन्ने उनको चाहना हो ।

    तर, प्रचण्डको दुईजिब्रे प्रवृत्तिले अब उनलाई सँगै लिएर अघि बढ्ने कि छोड्ने भन्ने विषयमा कांग्रेसमा समेत बहस हुन थालेको छ । अब प्रचण्डसँग तीनवटा विकल्प बाँकी छ ।

    एउटा निसर्त एमसीसी पारित गर्न सहयोग गर्ने, अर्को संशोधनसहित पारित गराउन दबाब दिने र तेस्रो गठबन्धनबाट बाहिरिए लेफ्ट एलाइन्स गर्ने ।

    प्रचण्ड कुनै भर नभएकाले आफ्नो स्वार्थका लागि फेरि उनी एमालेको शरणमा पुग्ने नेपालको राजनीतिमा चर्चा हुन थालेको छ । उनको यही प्रवृत्तिको विश्लेषण गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ।

    भित्र खाओवाद बाहिर माओवाद । नेपाली राजनीति जबसम्म यो पाखण्डी दुईजिब्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दै बन्दैन। एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend